ताजा अपडेट »

बुटवलको बजार तथा ट्राफिक व्यवस्थापनलाई कडाईका साथ नियमन गर्छौ: एसपी थापा

आइतबार, ०३ साउन २०७८, ११ : ०१
2 Shares

बुटवल । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुटवल उपमहानगरको ट्राफिक व्यवस्थापनका लागि थप कडाईका साथ लाग्ने भएको छ । कोरोना संक्रमण कम भएसँगै ट्राफिक चाप बढ्दै गएको तथा बढ्दो जनसंख्या र शहरीकरणलाई मध्यनजर गरी व्यवस्थापनलाई थप कडा गर्न लागेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापाले यहाको बजार व्यवस्थापनलाई काडाईका साथ नियमन गरिने उल्लेख गरेका छन् । आईतबार बुटवलमा विभिन्न संघ संस्थाहरुले उपलब्ध गराएका ट्राफिक चिन्हसहितका बोर्ड ग्रहण गर्दै उनले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि सबैले आ–आफ्नो क्षत्रबाट सहयोगको अपेक्षा समेत राखे ।

सो अवसरमा बोल्दै थापाले विगत लामो समयदेखि सडक विस्तारका क्रममा बन्द भएका सडकका सिसिटिभी क्यामेराहरुलाई पुनः सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा सरोकार वाला निकायहरुसँग छलफल भइरहेको जानकारी गराए । बुटवल उपमहानगरमा राजमार्ग चौराह–गोलपार्क सडकलाई ६ लेनमा विस्तार गर्नका लागि संरचनाहरु भत्काउने क्रममा विगत ३ महिनादेखि सिसिटिभी क्यामेराहरु बन्द रहेका छन् ।

उपमहानगरका विभिन्न १२ ठाउँमा राखिएका सिसिटिभी क्यामेराहरु बन्द रहँदा ट्राफिक व्यवस्थामा समस्या हुनुका साथै सुरक्षा प्रदानमा समेत असर परेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लिनारायण पाण्डेले बताए । सडकमा हुने विभिन्न गतिविधि, दुर्घटनाहरुको विश्लेषण तथा सुरक्षा व्यवस्थापनमा सिसिटिभी क्यामेराको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले छिट्टै सञ्चालनका लागि पहल भइरहेको बताए । बन्द भएका क्यामेराहरु पुनः सञ्चालनमा ल्याउनका लागि करिब ५ लाख लागत अनुमान गरिएको उनले बताए ।

बुटवलको ट्राफिक तथा पार्किङ व्यवस्थापनका लागि विभिन्न संघ संस्थाहरुले १०३ वटा ट्राफिक संकेतसहितका वोर्ड प्रदान गरेका छन् । अमरबुद्ध टोलविकास संस्थाले २१, विपी चोक टोल विकास संस्थाबाट १०, अमर तिनाउ टोल विकास संस्थाबाट १५, राममन्दिर टोल विकास संस्थाबाट १५, सोनी सोरुम अमरपथबाट १५, सिद्धार्थ हार्डवयरबाट १६, द फेन्सी स्पोर्टले १६ वटा पार्किङबोर्ड प्रदान गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।