ताजा अपडेट »

४ जना भारतीय गाँजासहित पक्राउ

मंगलबार, १४ साउन २०७६, १६ : १३
2 Shares

साउन १४,

वीरगन्ज । प्रहरीले भारततर्फ गाँजा लैजाँदै गरेका ४ जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीको एक टोलीले वीरगन्जस्थित सुख्खा बन्दरगाह नजिकैबाट ८९ किलो गाँजा, एक बोलेरो जीप र ४ जना भारतीयलाई पक्राउ गरेको हो ।

बिआर २८ जी २७७० नम्बरको बोलेरो जीपमा बनाइएको ‘फल्स बटम’ भित्र राखेर भारततर्फ गाँजा लैजादै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बिहारको पूर्वी चम्पारण जिल्ला बिशुनपुर–३ का ३१ वर्षीय नुरमहमद हुसेन, पूर्वी चम्पारण फुलबरिया–११ का ३२ वर्षीय असलमआलम साइन, सोही ठाउँ बस्ने २८ वर्षीय ईर्साद साइन र पूर्वी चम्पारण शीतलपटी बस्ने ३० वर्षीय सुनिल साह रहेका छन् ।

प्रहरीले यसअघि साउन २ गते पर्साबाट नै मोटरसाइकल र भारतीय नम्बरकै गाडीमा एक सय २० किलोग्राम गाँजा भारत लैजाँदै गर्दा ४ जनालाई पक्राउ गरेको थियो । केही समययता पर्सा हुँदै भारततर्फ लागू औषध तस्कर बढेको प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।