ताजा अपडेट »

बुटवलका ८ सहित रुपन्देहीमा २१ जनामा संक्रमण

शनिबार, ०२ साउन २०७८, १७ : ००

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २१९ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ८ जना, तिलोत्तमा नगरपालिका r सिद्धार्थनगर नगरपालिकामा ४-४ जना, देवदह नगरपालिकामा २ जना, सैनामैना नगरपालिका, सियारी गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२९ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।