ताजा अपडेट »

पाल्पाको तिनाउमा पहिरोले पुरिएर एक युवाको मृत्यु, एक घाइते

शनिबार, ०२ साउन २०७८, ११ : ३३
6 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका पहिरोले पुरिएर एक युवाको मृत्यु भएको छ । गएराती तिनाउ-६ डुम्रे स्थित भित्री कच्ची सडकमा बाटो माथिबाट खसेको पहिरोले पुरिएर २७ वर्षीय महेन्द्र भनिने मुमलाल पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका-२ अस्मेरीका पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फसेको थियो ।

ट्रयाक्टर फसेपछि लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसिबीले निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिँन जाँदा लु १ क २४९६ नम्बरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।