ताजा अपडेट »

अष्ट्रेलियामाथि वेस्ट इन्डिजकाे शानदार जित

शनिबार, ०२ साउन २०७८, ०९ : ४०
2 Shares

काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजले पाँचौं तथा अन्तिम टि२० आई क्रिकेटमा अष्ट्रेलियामाथि सहज सजत हात पारेको छ । शनिबार बिहान सेन्ट लुसियामा भएको अन्तिम खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो ।

जितको लागि २ सय रनको बलियो लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रनमा समेटिन पुग्यो । अष्ट्रेलिया कप्तान अरोन फिन्चले सर्वाधिक ३४ रन बनाए । यस्तै, मिचेल मार्शले ३० रन, म्याथ्यु वेड २६ रन तथा मोइजेस हेनरिक्स २१ र एन्ड्रयू टाई १५ रन जोड्नुबाहेक अन्य खेलाडी चल्न सकेनन् ।

अष्ट्रेलियालाई रोक्न वेस्ट इन्डिजका आन्द्रे रसेल र शेल्डन कटरेलले समान ३/३ विकेट लिए भने हेडेन वाल्श जुनियरले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ओपनर ईभिन लुईसले ७९ रनको अर्धशतकीय इनिङसको योगदान दिए । यस्तै, निकोलस पुरनले ३१ रन, क्रिस गेल र लेन्डन सिमन्स २१–२१ रन बनाए । अष्ट्रेलियाका एन्ड्रयू टाईले ३ विकेट लिए भने मिचेल मार्श र एडम जाम्पाले २–२ विकेट लिए ।

योसँगै पाँच टि२० आई खेलको सिरिज वेस्ट इन्डिजले ४–१ ले जितेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।