ताजा अपडेट »

ब्राउन सुगरसहित कपिलवस्तुबाट एकै परिवारका तीन जना पक्राउ

शनिबार, ०२ साउन २०७८, ०९ : १९
24 Shares

बुटवल । ब्राउन सुगरसहित प्रहरीले कपिलवस्तु नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ । कपिलबस्तु नगरपालिका– २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र उनका भाई २२ वर्षीय बैजुकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका अनुसार युपी ५५ बी ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने २९ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर, नाइट्रोभेट १० ट्याबलेट, उइन स्पास्मो १ सय २४ क्याप्सुलसहित उनीहरुलाई पक्राउ गरिएको हो । अहिले घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।