ताजा अपडेट »

संसदमा विपक्षीको नाराबाजी, बुधबार बस्नेगरी बैठक स्थागित

सोमबार, १३ साउन २०७६, १४ : १७
6 Shares

साउन १३,

काठमाण्डौं । सोमबारको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गर्दै संसद अवरुद्ध गरेपछि बुधबार बस्ने गरी संसद बैठक स्थगित भएको छ ।

सभामुख कृष्ण महराले बैठकको कार्यसूची अगाडि बढाउने बताएसँगै कांग्रेस र राजपाका सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी सुरु गरेका थिए। उनीहरुले सर्लाही घटनामा संसदीय समिति गठन हुनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। सभामुख महराले सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी गरेको लगभग ४० मिनेट पछि मात्रै संसद बैठक स्थगित भएको जानकारी दिएका थिए। उनले संसद अवरुद्ध नगर्न र छलफलमा भाग लिन कांग्रेस र राजपा सांसदलाई आग्रह गरिरहेका थिए।

उनले बुधबारसम्ममा सहमति जुट्ने र त्यसदिनको बैठक स्थगित नहुने अपेक्षा गर्दै बैठक स्थगित भएको जानकारी दिएका थिए। अब स‌ंसदको बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।