११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख ड्यान कोट्स ट्रम्प प्रशासन छाड्ने अर्का उच्च पदस्थ सरकारी अधिकारी बनेका छन्। राष्ट्रपति ट्रम्पले अगस्ट महिनाको मध्यमा कोट्स पदबाट अलग्गिने र उनको स्थानमा टेक्ससका कंग्रेस सदस्य जन र्‍याट्क्लिफलाई आफूले मनोनयन गर्ने जनाएका छन्।

Advertisement

अमेरिकालाई माया गर्ने भएकाले र्‍याट्क्लिफले नेतृत्व र श्रेष्ठताका लागि प्रेरणा दिने ट्रम्पले उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्प र कोट्सबीच रुस र उत्तर कोरियाको विषयमा बारम्बार मतभिन्नता देखिएको थियो। गत जेनुअरी महिनामा राष्ट्रपति ट्रम्पले गुप्तचर निकायका प्रमुखहरू निष्क्रिय भएका र इरानले उत्पन्न गराएको जोखिमको विश्लेषण भरपर्दो नदेखिएको टिप्पणी गरेका थिए।

एक वर्षअघि राष्ट्रपति ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठकका लागि फिनलन्ड जान लागेको सुनेपछि आश्चर्य व्यक्त गर्दै कोट्स हाँसेका थिए। “त्यो विशेष हुनसक्छ,” पुटिनसँगको भेटबारे एउटा सार्वजनिक कार्यक्रममा भनिएपछि हाँस्दै कोट्सले त्यस बेला भनेका थिए। त्यसपछि उनले आफ्नो प्रतिक्रियाका लागि माफी मागेका थिए। त्यस क्रममा उनले आफ्नो त्यस किसिमको ‘असहज प्रतिक्रिया’ राष्ट्रपति ट्रम्पप्रति अनादर गर्न वा आलोचना गर्न लक्षित नभएको बताएका थिए। राष्ट्रपतिलाई बुझाइएको राजीनामा कोट्सले ट्रम्पको साढे दुईवर्षे कार्यकालमा गुप्तचार निकाय पहिलाको भन्दा बलियो भएको उल्लेख गरेका छन्।

“त्यसैले यही बेला मैले जीवनको अर्को अध्यायका लागि निस्कनुपर्छ भन्ने मलाई लाग्छ,” उनले लेखेका छन्। विदेश नीतिबारे बेलाबेलामा मतभिन्नता देखिए पनि कोट्सका अनुसार गत फेब्रुअरीमा राष्ट्रपतिले उनलाई पदमा बसिराख्न भनेका थिए। ड्यान कोट्स पूर्वकूटनीतिज्ञ र पूर्वसांसद हुन्। सन् २०१७ को मार्च महिनामा जेम्स क्ल्यापरको उत्तरीधिकारीका रूपमा उनी राष्ट्रिय गुप्तचर निकायको निर्देशक नियुक्त भएका थिए। उनको जन्म मिशगन राज्यको ज्याक्सनमा भएको थियो। उनले राजनीतिशास्त्र र कानुनको अध्ययन गरेका छन्। उनी इन्डियाना राज्यबाट सन् १९८९ र सन् २०१७ मा दुईचोटि सिनेटर बनेका थिए। उनी सन् २००१ देखि २००५ सम्म जर्मनीका लागि अमेरिकी राजदूत थिए।

जन र्‍याट्क्लिफ सन् २०१५ मा टेक्ससबाट कंग्रेस सदस्य निर्वाचित भएका थिए। उनी राष्ट्रपति ट्रम्प र उनका नीतिहरूका समर्थक हुन्। ट्रम्पले उनलाई “धेरै सम्मानित सांसद” भनेर प्रशंसा गरेका छन्। उनको मनोनयन पारित भए भने र्‍याट्क्लिफ र ट्रम्पको धारणा मिल्ने अपेक्षा गरिएको छ। गत हप्ता र्‍याट्क्लिफले सन् २०१६ मा भएको निर्वाचनमा रुसी हस्तक्षेपबारे रोबर्ट म्युलरले गरेको छानबिनबारे भएको छलफलमा राष्ट्रपतिको प्रतिरक्षा गरेका थिए। म्युलरले ट्रम्पलाई न्याय सम्पादनमा अवरोध गरिएको आरोपमा सफाइ नदिइएको भनेका छन्। र्‍याट्क्लिफले म्युलरलाई ट्रम्प दोषी नभएको वा उनलाई सफाइ दिने अधिकार नभएको बताएका थिए। र्‍याट्क्लिफले अन्धभक्ति देखाएकाले ट्रम्पले उनलाई छानेको आरोप सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शुमरले लगाएका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

रोजगार र समृद्धिका लागि पर्यटन रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार