ताजा अपडेट »

डिभोर्सपछि लद्दाखमा नाचे आमिर र किरण

विहीबार, ३१ असार २०७८, १२ : ३५
2 Shares

मुम्बईं। बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । पत्नी किरण रावसँगको १५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याए पनि किरण र आमिर लद्दाखमा सँगै छन् । लद्दाखमा केही समयअघि मात्र फिल्मको अन्तिम चरणको सुटिङ पुरा गरिएको छ ।यही क्रममा आमिर पूर्व पत्नी किरणसँग नाचिरहेको भिडियो र तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फिल्मको सुटिङ लद्दाखको वाखा गाउँमा भएको थियो ।

गाउँका मानिसहरुले खुल्ला हृदयले आमिर र उनको टिमलाई स्वागत गरेका थिए । भिडियो र तस्वीरमा आमिर र किरणले परम्परागत पहिरन लगाएको देख्न सकिन्छ । यो पहिरनसँग उनीहरुले स्थानीयसँग लोक नृत्य गरेका छन्।वाखा गाउँका स्थानीय आमिर र उनको टिमका लागि पाटी दिएका थिए । गाउँलेहरु ‘थ्री इडियट’स्टारलाई आफ्नो गाउँमा देख्दा खुशी छन् । केही दिन अघिमात्र आमिर र उनको टिमले सुटिङका गाउँमा सुटिङस्थलमा फोहोर र दुर्गन्ध फैलाएको आरोप लगाएका थिए ।फिल्म ‘लाल सिंह चड्डा’मा आमिरसँग करीना कपूर खान प्रमुख भूमिकामा छन् । फिल्मको आधा भन्दा बढी सुटिङ भारतका विभिन्न स्थानमा भइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।