ताजा अपडेट »

बढ्यो सुनको मूल्य

विहीबार, ३१ असार २०७८, १२ : १७
2 Shares

बुटवल। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा ५०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।बुधबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।