ताजा अपडेट »

रुपन्देहीमा सवारी साधनको जोर-विजोर प्रणाली हट्ने !

विहीबार, ३१ असार २०७८, ११ : २७
2 Shares

बुटवल । रुपन्देहीमा शुक्रबारदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर–विजोर प्रणाली हट्ने भएको छ । आज बस्ने बैठकले निषेधाज्ञालाई अझै खुकुलो गरी सबै सवारी साधनमा जोर–विजोर प्रणाली हटाउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

‘आज दिउँसो १ बजे डिसीसीएमसीको बैठक बस्दै छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ‘सवारी साधनमा जारी जोर–विजोर प्रणाली हट्न सक्छ ।’ प्रशासनले रुपन्देहीमा निजी सवारी साधनलाई असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा चल्न दिएको थियो भने सार्वजनिक सवारी साधनलाई सो नियम अनुसार असार १६ गतेबाट चल्न दिएको थियो ।

यस्तै कोरोना संक्रमणको दर केही बढेकाले तत्काल भौतिक रुपमा शैक्षिक संस्था, मेला महोत्सव र भिडभाड हुने गतिविधि गर्न भने रोक लगाइने बताए । अझै खुकुलो बनाएर निषेधाज्ञालाईलाई भने थप्ने तयारी रहेको पाण्डेले बताए । रुपन्देहीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैँ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।