ताजा अपडेट »

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

विहीबार, ३१ असार २०७८, १० : ५५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । यद्यपी, बैठकको एजेन्डाबारे भने खुलाइएको छैन । 

आज मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।