ताजा अपडेट »

परमादेश विरुद्ध युवा संघ रुपन्देहीको आन्दोलन,प्रधान न्यायधिशको पुत्लादहन

बुधबार, ३० असार २०७८, २० : २५
4 Shares

बुटवल । सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । सर्वोच्चले विघटित प्रतिनिधि सभालाई हालै पुर्नस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिएको थियो । सोही अनुसार मंगलबार प्रधानमन्त्री बनेका देउवाले मंगलबार साँझ नै शपथ ग्रहण गरेका छन् ।

यता नेकपा एमालेको राष्ट्रिय युवा संघ रुपन्देहीले सो को विरुद्ध बुटवलमा विरोध प्रदर्शन गरेको छ । युवा संघले मंगलबार साँझ बुटवल पुस्पलाल पार्क र ट्राफिक चोकमा राँके जुलुससहित सर्वोच्चको निर्णय विरुद्ध चर्को नाराका साथ विरोध जनाएको छ । युवा संघको जुलुसले सर्वोच्च अदालतका प्रधान न्यायधिश चोलेन्द्र शमशेर जबराको पुत्ला समेत दहन गरेका छ। युवा संघले प्रधान न्यायधिश चोलेन्द्र शमसशेर जबराले दलिय व्यवस्था विरुद्ध गई परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको भन्दै उनको पुत्ला जलाएको हो ।

राँके जुलुससहितको भीडले प्रधान न्यायधिशको पुत्ला जलाएपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । विरोधीहरु भने पुनः ट्राफिकचोक गएर जुलुस तथा नाराबाजी गरेका थिए । विरोध कार्यक्रममा युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश संयोजक तुलबहादुर अधिकारी केन्द्रिय उपाध्यक्ष सुमन पुरी लगाएतले सर्वोच्च अदालतको निर्णय दलिय व्यवस्था तथा संविधान विपरित भएको भन्दै विरोध गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।