ताजा अपडेट »

कांग्रेस सिद्धार्थनगर हाँक्न गुप्ताको दाबी

बुधबार, ३० असार २०७८, १८ : ४३
4 Shares

बुटवल । नेपाली कांग्रेसको महाधिवेसन चल्दै गर्दा केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर र वडा तहमा पनि चहलपहल बढेको छ। यस्तैमा रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर समितिको सभापतिमा आकांक्षा ब्यक्त गर्ने पनि बढ्न थालेका छन्। यसै क्रममा नगरको सभापतिको लागि राजुकमार गुप्ताले दाबी गर्दै घोषणा गरेका छन् ।

वर्तमान कोषाध्यक्ष समेत रहेका गुप्ताले सामाजिक सञ्जालमार्फत आफू नगर सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । गुप्ताले काँग्रेस र प्रजातन्त्र प्रति आस्थावान सम्पूर्णमा आग्रह गर्दै कांग्रेस पार्टीलाई २१ औँ शताब्दीमा थप क्रियाशील र शसक्त बनाउन विभिन्न प्रविधिका माध्यमलाई प्रयोग गर्दै नयाँ युवा पुस्तालाई समेत पार्टी प्रति आकर्षित गराउन जरुरी रहेको बताउँदै आगामी नेतृत्व आफूले लिन इच्छुक रहेको बताए ।

गुप्ताले आफूसँग युवाहरुलाई अघि बढाई पार्टीलाई संगठित बनाएर अघि बढ्ने योजना रहेको बताउँदै पदिय जिम्मेवारीबाट योजनाहरु कार्यान्वयनमा ल्याउन थप सहजता आउने विश्वासका साथ यसपटक नगर सभापतिको दाबेदारी रहेको बताए।

उनले आफूलाई सहयोग गर्न सम्पूर्ण क्रियाशील सदस्यहरुसँग आग्रह समेत गरेका छन् । गुप्ताले नगर सभापतिमा दाबेदारी गरेपछि नगरभित्र चर्चा छाएको छ । नगर सभापतिमा उम्मेदवारी दाबेदारी गर्ने गुप्ता पहिलो हुन् । नगर सभापतिका लागि अन्य ७ जना भन्दा बढीले पनि आकांक्षा गरे पनि खुलेर उम्मेदवारी भने दाबी गरेका छैनन् ।

सभापतिमा दाबेदारी गर्ने गुप्ता सिद्धार्थनगरका युवा पुस्ता माझ चर्चित एवम् लोकप्रिय छन् । उनि रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष समेत हुन् । जेसिआई सिद्धार्थ लगाएत विभिन्न सामाजिक संघसस्थामा समेत उनको संलगनता छ ।

अन्य आकांक्षीहरुमा कोशिस खड्का, सञ्जिव शर्मा रेग्मी, लेखनाथ भट्टराई, तिलकराम ज्ञवाली, गोबिन्द बस्याल, यमबहादुर राना, गोपाल राज भण्डारी लगाएत छन् । वर्तमान सभापति दिलिप धिताल भने अझै मौन छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।