ताजा अपडेट »

एमाले सांसदको अवरोधबीच गण्डकीको बजेट पारित

बुधबार, ३० असार २०७८, १७ : ४६
2 Shares

बुटवल। गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधबिच बुधबारको बसेको प्रदेशसभा बैठकले बजेट पारित गरेको हो।प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर, बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गर्न थाले ।

उनीहरुले बैठक बहिस्कार गर्न लाग्दा सुरक्षाकर्मीसँग धकेलाधकेल भएको थियो । एमाले सांसदहरु बजेट प्रस्तुत हुन नदिन रोष्टमतिर जान लागेका थिए । त्यसैबिच सभामुखले मार्सल लगाएर एमाले सांसदहरुलाई रोकेका थिए र बजेट निर्णयार्थ प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।