ताजा अपडेट »

संसद बैठक दिउसो १ बजे, अबरोध गर्ने तयारीमा विपक्षी दल

सोमबार, १३ साउन २०७६, ११ : १७
12 Shares

साउन १३,
काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलले आज दिउँसो बस्न लागेको संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । विपक्षी दलले सर्लाहीको सडक प्रदर्शनको क्रममा मारिएका सरोजनारायण सिंह र कुमार पौडेलको हत्यालाई लिएर संसद बैठक अवरुद्ध गर्ने बताएका हुन् ।

सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो । त्यस्तै नेपाली कांग्रेसले कुमार पौडेल हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् । भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहितका विपक्षी दलको माग छ ।

सिंह र पौडेल मारिएको घटनाबारे छानबिन गर्नुपर्ने भन्दै विपक्षी दलले यसअघि समेत संसद बैठक अवरुद्ध गर्दै आएका थिए । तर सरकार यसमा सहमत भएको छैन । बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुसी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न गत बुधबार संसद बैठक सुचारु भएको थियो । संसद बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।