ताजा अपडेट »

रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ

बुधबार, ३० असार २०७८, १३ : २६
4 Shares

दाङ । दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु (रेडपाण्डा)को छाला ओसारपसार तथा विक्री वितरण गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार विहान ८ बजे घोराही उपमहानगरपालिका १६ गरुवामा प्रतिबन्धित (रेडपाण्डा) को छाला बिक्री वितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । सुर्खेत भेरीगंगा नगरपालिका ८ निवासी ५६ वर्षिय नरबहादुर बस्नेत र जाजरकोट दह ३ हाल जुनीचांदी गाउँपालिका ७ बस्ने ४८ वर्षिय डिलबहादुर रावतलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पुच्छरदेखि टाउँकोसम्म २ फिट १० इन्च लम्बाई भएको नङ्ग्रासहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुंगा सानो ठूलो गरी ३२ पिस र एक थान मोबाइल बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।