ताजा अपडेट »

गैँडाको आक्रमणबाट महिला घाइते

बुधबार, ३० असार २०७८, १२ : ०६
8 Shares

चितवन । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस