ताजा अपडेट »

नाच्छु घुमेर, नयाँ तीज भाकामा मञ्जुकी आमा (भिडियो सहित)

आइतबार, १२ साउन २०७६, १७ : २७
12 Shares

संगीत भित्र एउटा यस्तो कल्पना हुन्छन् जसले कसै न कसैको मन छुन्छ । गीत संगीत सबै लेख्ने र गाउनेलाई परेर पनि गाइदैनन्, लेखिदैनन् । संगीत एउटा मनोरंञ्जनको पाटो मात्रै पनि होइन । फेरि संगीतबाट मनोरञ्जन नै हुँदैन् भन्ने पनि हुँदैन । हामी सबैले दिनमा खाली कुनै न कुनै बेला संगीत मुखबाट गुनगुनाउने गरिन्छ । पक्कै पनि यसले भित्री मन छोएको हुन्छ ।


सबै गीतहरु मनोरञ्जन मात्रै हुन्छन् भन्नेहुँदैन् कतिपय गीतमा मनोरञ्जनसँगै सन्देश पनि बोकेका हुन्छन् । कलाकाहरुले तयार गर्ने गीत समाजको यथार्थ कथा-वस्तुहरु पनि चित्रण गरेका हुन्छ् ।
गायीका मञ्जु पौडेलले यो वर्षको हरितालीका तीजलाई लक्षीत गरी दर्शक श्रोतामाझ नयाँ तीज गीत ल्याएकी छन् । गायिका पौडेलले नारि भावलाई समेटेर तयार पारिएको ‘नाच्छु घुमेर’ बोलको गीत सार्बजनिक गरेकी हुन् । उनले सार्बजनिक गरेको गीतमा खासगरि तिजमा गाइने गीतसँगै एउटा कथा बस्तु पनि समाबेश गरेकी छन् ।


गीतमा उनले आफ्नै आमालाई एउटा कथाको जिम्मेवारीमा राखेर छोरीले पाएको दुःखलाई समाबेश गरेकी हुन् । एउटी छोरी कुनै बाध्यता, परिस्थितिमा प्रदेशिएको र तिज पर्वमा घरमा आएको कथा बस्तु गीतमा समाबेश छ । गीतको सुरुवातमै छोरीलाई कुरीरहेकी आमा र तीजको बेला छोरी आएको देख्न सकिन्छ । घरमा रहेकी आमाको मुख्य भूमिकामा उनले स्वयम् आफनै आमालाई र भाउजू अनुशा पौडेललाई देख्न सकिन्छ । आमाको सम्मान र गीतको एउटा कथामा छोरीले आमालाई गरेको आदर सम्मानका लागि पनि आमालाई राखेको गायिका पौडेलले बताइन् । प्रदेशबाट फर्केकी छोरीले आदा उमेरसम्म काम भन्दै पाएको दुख सुनाउनदै नाचेको कथा बस्तु चित्रण गरिएको छ । गीत सार्बजनिक गरेको केहि दिन बित्दा उनले गीत एउटा तिजको पर्वसँगै कथा बस्तु पनि बोकेको गायिका पौडेलले बताइन् ।


छोरी दुःख कष्ट सहेर सम्पन्न शाली बनेको र आफ्नी आमासँग गीतको बेला सुख–दुःख साटासाट गरेको कथा बस्तु गीतमा पाउन सकिने गायिका पौडेलले बताइन् । तिज गीत एउटा नारि बेदाना र नारि भावको कथा बस्तु समेटिएको हुन्छ । यहिँ अनुरुप तिज गीत गाउँने प्रचलन पहिले देखि रहि आएको छ । पछिल्ला केहि वर्ष यता गायिका पौडेलले सार्बजनिक गर्ने गीतमा मौलिक खालका तिज गीत ल्याउने गरेकी छन् । तिजको बेला दिदी बहिनीहरु जम्माभएर आफना मन भित्रका पिडा पोखेर गाउँने गीतहरुलाई आफनो गीतमा समाबेश गरिएको उनको भनाई छ । गायिका पौडेलको एकल स्वर रहेको गीतमा दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको छ । गीत बि एम एस फिल्म्सले बजारमा ल्याएको हो । गीतमा मञ्जु अनुशा र मञ्जु पौडेलकी आमा पनि लेख्न सकिन्छ ।

https://youtu.be/T4X8jEA5ebY?t=425
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।