ताजा अपडेट »

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

बुधबार, ३० असार २०७८, ११ : १८
6 Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार घिमिरेले मुद्दा मिलाइदिने भन्दै रु तीन लाख ९९ हजार ५०० घुस लिएको पाइएको आयोगले जनाएको छ । आयोगले प्रहरी हवल्दार घिमिरे र व्यवसायी स्वर्णकारविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस