१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

फाइल तस्विर

कञ्चनपुर । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ । निर्देशनालयको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र तथा उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो ।

Advertisement

किसानलाई पावर ट्रिलर, मिनी ट्रिलर, धान थ्रेसर, गहुँ थ्रेसर, बताउने पङ्खा, रिपर, रोटाभेटर, हिले चक्का, सिड ड्रिल र डिस्क हेरोलगायत सामग्री अनुदानमा उपलब्ध गराइएको छ । किसानको मागअनुसार कृषियन्त्र तथा उपकरण अनुदानमा उपलब्ध गराइएको निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताए। “कृषि यान्त्रिकीकरण अनुदान परिचालन कार्यविधि, २०७६ को अनुसूची ५ मा रहेको मूल्याङ्कनका सूचकका आधारमा मूल्याङ्कन गरी किसानलाई यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराएका छौँ”, उनले भने, “सहकारी, समूह, फार्म र व्यक्तिलाई अनुदान दिइएको छ ।”

यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराउनका लागि उपभोक्ताको किसिम, सामाजिक समावेशी, खेतीको व्यावसायिकता एवं खेती गरिएको क्षेत्रफल, उपलब्ध भौतिक पूर्वाधार (सिँचाइ, सडक, विद्युत्) प्राङ्गारिक खेती गरिरहेको, माग गरिएका सामग्रीको उपयोग, उपभोक्ताको अनुभव र लाभान्वित परिवार सङ्ख्यालाई आधारका रूपमा लिइएको छ । यन्त्र तथा उपकरणका लागि छनोटमा परेका किसानको अवस्थाका बारेमा जानकारी लिनका लागि अनुगमन गरी सम्झौताबमोजिम अनुदान रकम दिइएको छ । यसैगरी कैलालीका १९८ किसानलाई यान्त्रिकीकरणका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।

“कृषिमा यान्त्रिकीकरणलाई बढावा दिई प्रतिएकाइ उत्पादनमा वृद्धि तथा उत्पादन लागत घटाउने लक्ष्य लिएका छौँ”, कार्यालय प्रमुख जोशीले भने, “युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण एवं प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षामा पहुँच पुर्याउनु प्रमुख ध्येय रहेको छ ।” उनका अनुसार यसबाट स्वरोजगारका अवसरसमेत सिर्जना हुनेछन् । युवाहरुले स्वदेशमै रोजगार पाउनेछन् । बालीअनुसार खेत तयारीदेखि चुटानीसम्म, खाद्यान्न बाली, तरकारी बाली र फलफूल उत्पादनमा यान्त्रिकीकरणको प्रयोग हुन थालेकाले श्रमसमेत निकै कम खर्च गर्नुपर्ने भएको छ । किसानले कम लागतमा बढी उत्पादन लिई आम्दानीमा बढोत्तरी हुन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी !