ताजा अपडेट »

भार्सेली युवा विश्व सञ्जालद्वारा सत्यवतीमा राहत वितरण

आइतबार, १२ साउन २०७६, १७ : ००
22 Shares
आइतबार, १२ साउन २०७६
22 Shares

साउन १२,
बुटवल । गुल्मी भार्सेली युवा विश्व सञ्जालले गुल्मी सत्यवति गाउ“पालिकाका पहिरोबाट विस्थापित भएकाहरुलाई राहत सामग्री वितरण गर्नुको साथै प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।

खाद्यान्न सहित प्रभावित क्षेत्रमा पुगेका सञ्जालको टोलीले सत्यवति गाउपालिका-४ लिम्घा र वडा नं ३ ठूलो लुम्पेकमा राहत सामाग्री वितरण गरेको हो । लिम्घामा साउन ९ गते चामल १५ बोरा, चिउरा २ बोरा, सोयाविन २ बोरा, प्याज १ बोरा, नुन १ बोरा, आलु १ बोरा, दाल १ बोरा, चाउचाउ १० काटुर्न, त्रिपाल २ थान, म्याट १ थान, वडा अध्यक्ष मार्फत प्रदान गरेको हो । त्यसैगरी ठूलो लुम्पेकमा चामल २५ बोरा, चिउरा ५ बोरा, सोयाविन ३ बोरा, प्याज १ बोरा, नुन २ बोरा, आलु २ बोरा, दाल २ बोरा, चाउचाउ २५ कार्टुन, त्रिपाल ३ थान, म्याट २ थान राहत सामाग्री साउन १० गते वडा अध्यक्ष रुकबहादुर राना मार्फत वितरण गरिएको थियो ।


सञ्जालको टोली स्वास्थ्य कर्मीसहित पुगेको थियो । टोलीले श्रीराम मावि अस्लेवा र ठूलो लुम्पेक धर्मपुर माविमा आश्रय लिईरहेका प्रभावितहरुको स्वास्थ्य चेकजाच गरी प्राथमिक उपचार गरेको थियो । साथै प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार बक्स र औषधी समेत हस्तान्तरण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।