ताजा अपडेट »

देउवा पाँचौँ पटक प्रधानमन्त्री, नियुक्तिको विज्ञप्ति सच्चिएपछि शपथ

मंगलबार, २९ असार २०७८, २० : २७

काठमाडौँ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति सच्चिएपछि मात्र शपथ लिएका हुन् ।

समारोहका उद्घोषकले सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री भएको जानकारी गराएका छन् ।

राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ ग्रहण मङ्गलबार साँझ ६ बजे हुने जानकारी गराएको भए पनि विज्ञप्ति सच्याउन भएको ढिलाइका कारण शपथग्रहण पनि पछि धकेलिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।