ताजा अपडेट »

ज्ञानेन्द्रबहादुर कार्की : दिनभर अर्थमन्त्रीमा चर्चा भएपनि सपथ लिन लाग्दा कानुन मन्त्रालय पाए

मंगलबार, २९ असार २०७८, १९ : ४९
8 Shares

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री हुने भएका छन्। यसअघि अर्थमन्त्री भइसकेका कार्कीले अब कानुन मन्त्रालय सम्हाल्न लागेका हुन्।

आज दिनभर उनी अर्थमन्त्री हुने चर्चा चलेको थियो। चर्चा अर्थमन्त्रीमा चलेपनि शीर्ष नेताहरुको छलफलमा भने उनको नाम परेको थिएन। देउवाले प्रधानमन्त्रीको रुपमा सपथ लिन लाग्दा उनलाई कानुन मन्त्रालयको जिम्मा दिने तय भएको बुझिएको छ।

आज गठन हुने मन्त्रिपरिषद्मा कांग्रेसबाट दुई जना मन्त्री हुने भएका छन्। कार्की कानुनमन्त्री बन्न लाग्दा बालकृष्ण खाँड गृहमन्त्री हुने भएका छन्। त्यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री हुने तय भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री तथा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिसभा विघटन तथा नयाँ प्रधानमन्त्री चयनलाई असंवैधानिक ठहर्‍याएपछि देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।