July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

नवनियुक्त प्रधानमन्त्री देउवा शीतल निवासमा

228

काठमाडौँ। राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको खबर आएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथ लिन शीतल निवास पुगेका छन् । देउवा सचिवालयका अनुसार विज्ञप्ति सच्चिएको खबर आएसँगै उनी पद तथा गोपनियताको शपथ लिन शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति देउवाले आपत्ति जनाएका थिए । राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको शपथ ग्रहण कार्यक्रम अहिलेसम्म शुरु हुन सकेको छैन।

देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै असहमति जनाएका हुन्। देउवाको अडानपछि राष्ट्रपति कार्यालय विज्ञप्ति सच्याउन तयार भएको बुझिएको छ। देउवा सर्वाेच्चकाे परमादेश अनुसार प्रधानमन्त्री नियुक्त्त भएका हुन्।

पछिल्लो अपडेट