July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

देउवाको सपथग्रहणमा ओली नजाने

189

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु सपथग्रहण समारोहमा पुगेपनि प्रधानमन्त्री ओली भने शीतलनिवास गएका छैनन् । ओलीनिकट स्रोतका अनुसार अघिल्लोपटक आफ्नो सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली अनुपस्थित भएका हुन् ।

संविधानको धारा ३ बमोजिम ओलीले प्रधानमन्त्रीको सपथ लिँदा विपक्षी दलको नेता रहेका देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अनुपस्थित थिए । देउवाको सपथ समारोहमा जसपा अध्यक्ष महन्थ ठाकुरसमेत उपस्थित छैनन् ।

पछिल्लो अपडेट