ताजा अपडेट »

बुटवलमा बुधबार कोभिशिल्डको दोस्रो मात्रा खाेप लगाइँदै

मंगलबार, २९ असार २०७८, १९ : ३७
8 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा भोलि बुधबार जेष्ठ नागरिकहरुका लागि कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने भएको छ । बुटवलमा सबै वडाका ८४ वर्ष वा सो भन्दा माथिका नगरवासीलाईखोप लगाइने भएको बुटवल उपमहानगरले जनाएको छ ।

खोप बुटवल हाट बजारस्थित कान्ति माध्यमिक विद्यालयमा विहानदेखि लगाइने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए । खोप लगाउन आउँदा पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्रमा आउन महाशाखाले आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।