ताजा अपडेट »

धारा उल्लेख नभएको भन्दै देउवाले शपथ लिन मानेनन्

मंगलबार, २९ असार २०७८, १९ : ००
4 Shares

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा धारा उल्लेख नगरेको भन्दै नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्विकार गरेका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् ।

राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् । संविधानै उल्लेख नगरी नियुक्ति गरिएको भन्दै देउवा निकट कानू विज्ञहरुले सपथ नलिन आग्रह गरेपछि यसो गरेका हुन् । आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले कानुनी सल्लाहकारहरुको आग्रहमा असहमति जनाएका हुन् ।

देउवाले विज्ञप्ति सच्याउने निर्देशन दिएपछि यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् । समाचार तयार पार्दासम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको जानकारी आएको छैन । देउवा राष्ट्रपति कार्यालय शितलनिवास पुगे पनि हालसम्म शपथ ग्रहण हुन सकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।