१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

बुटवल। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

Advertisement

उनले कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट प्रदान गरिने उनले जानकारी दिए। केन्द्र सरकारले फ्रन्टलाइनर्सलाई कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिएपनि त्यसलाई यथावत राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थपिदिएको उनले जनाए । कोरोनाको तेस्रो भेरियण्टको समयमा काम गर्न मलोबल बढोस भन्नको लागि भत्ता दिइएको उनले बताए।

साथै लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी बोर्डमा दाङका सम्भु गौतमलाई पदस्थापन गर्ने निर्णय गरेको छ । पाल्पाका धनेन्द्र गौतमले राजीनामा दिएपछि भएको रिक्त स्थानमा उनलाई पदस्थापन गर्ने निर्णय गरेको हो । मन्त्री परिषद्ले यसका अन्य ८ वटा निर्णयहरु गरेको छ । प्रदेश सरकारको निजामती सेवा अन्तर्गत प्रशासन सेवा र वन सेवाका रिक्त पदहरुमा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आएको रुपन्देही जिल्लाको जिल्ला सभा तथा जिल्ला समन्वय समितिको जिल्लास्तरीय अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७८ लाई सहमति दिने निर्णय गरेको छ। बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रस्तावमा आएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ।

प्रदेश तथ्याङ्क नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै मंगलबारको बैठकले घरजग्गा न्यूनतम मूल्य निर्धारण नियमावली, २०७८ लाई पनि स्वीकृत गरेको छ । प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृति समेत दिइएको छ । असार २७ गते बस्ने निर्णय भएको मन्त्रीपरिपाद बैठक विभिन्न कारणले ढिलाई भएर २९ गते मंगलबार बसेको हो।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने