ताजा अपडेट »

माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने

मंगलबार, २९ असार २०७८, १७ : ४५
6 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन् । 

नेपाली काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलपछि पहिलो चरणमा भुसाल र शर्मा मन्त्री बन्ने पक्का भएको हो । 

नवनियुक्त प्रधानमन्त्री देउवाले आजै साँझ ६ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिँदैछन् । शपथ लिएलगत्तै देउवाले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।