१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

डोटी । लगातारको भारी वर्षाका कारण जिल्लामा तीनवटा घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि रु १५ लाखबराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार आज वर्षात्ले जिल्लाको सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किदा गोठमा रहेका दुई बाख्रा पुरिएका छन् ।

यसैगरी जिल्लाकै बडिकेदार गाउँपालिका–१ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घर भत्किदा घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–५ बागठाँटा बस्ने जोगी भुलको दुई तले घर भत्किई अन्नपात, लत्ताकपडा, भाँडाकुडा क्षति भएको छ ।

दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाका विषयमा तथा क्षतिका बारेमा थप बुझ्नका लागि अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?