ताजा अपडेट »

रुपन्देहीमा १८८ को परीक्षणमा २४ जनामा संक्रमण, १ जनाको मृत्यु

मंगलबार, २९ असार २०७८, १६ : ४३
2 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १८८ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ६ जना, तिलोत्तामा नगरपालिकमा ४ जना, देवदह नगरपालिका र ओमसतिया गाउँपालिकामा २–२ जना संक्रमति थपिएका छन् । पछिल्लोे २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५०५ पुगेको छ ।

जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३१४ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।