ताजा अपडेट »

अर्घाखाँची सिमेन्ट उद्योग परिसरमा ५ हजार विरुवा लगाइयो

आइतबार, १२ साउन २०७६, १५ : ३४
4 Shares

साउन १२,
बुटवल । संघिय सरकार तथा प्रदेश सरकारले घोषणा गरेको वृक्षारोपण वर्षलाई सहयोग पुग्नेगरी अर्घाखाँची सिमेन्ट प्रालिले वातावरण तथा पर्यावरणको जर्गेना गर्ने उद्देश्य सहित वृक्षारोपण गरेको छ । सिमेन्ट उत्पादनमा मुलुककै अग्रणी स्थानमा रहेको उद्योगका महाप्रबन्धक उद्धब बहादुर कार्की र नायब महाप्रबन्धक कृष्ण प्रसाद पाण्डे लगायत अन्य कर्मचारीहरुको सहभागितामा जिल्ला वन कार्यालय, रुपन्देहीबाट ल्याइएका विभिन्न जातका ५ हजार बोटविरुवाहरु उद्योग परिसरमा लगाइएको हो । सरकारले आर्थिक वर्ष २०७६÷७७ लाई वृक्षारोपण वर्षका रुपमा घोषणा गरेको छ ।


पर्यावरण संरक्षण तथा शुन्दर वातावरण निर्माणका लागि वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको महाप्रबन्धक कार्कीले बताए । उद्योगले वातावरण संरक्षण तथा सरकारको वृक्षारोपण वर्षलाई सहयोग पुग्ने गरी उद्योग परिसरमा सरसफाई र वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइएको हो । उद्योगका अधिकृत कर्मचारी केश बहादुर भूसालले वृक्षारोपणको अभियान थाल्नु र यसलाई हुर्काउनका लागि दृढ इच्छा शत्तिका साथ लाग्नु शाहसिक कदम भएकाले उल्लेख गरे ।


वृक्षारोपण कार्यक्रमा उद्योगका कर्मचारीहरु एकजुट भएर रच्नात्मक र वातावरण संरक्षणमा लाग्नु आफैँमा उल्लेख्य कार्य रहेको भन्दै, बढ्दो वातावरण प्रदुषणको नियन्त्रण र पारिस्थितिक प्रणालीको रक्षा र उद्योग वरपर रहेको खाली जग्गाको संरक्षणका लागि वृक्षारोपण महत्वपुर्ण रहेको उनले बताए । उद्योगका सबै कर्मचारीहरु यस्ता अभियानमा सरिक हुन आव्हान गर्दै सबैले जिम्मेवारी ढंगले अघि बढे वातावरणको संरक्षण हुने उनको भनाई थियो । अर्घाखाँची सिमेन्ट उद्योग प्रा.लि. रुपन्देहीको सियारी गाउँपालिका–२ मैनहीयामा सञ्चालन हुँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।