ताजा अपडेट »

दलीय व्यवस्थामाथि खेलाची गरियो : प्रधानमन्त्री ओली

मंगलबार, २९ असार २०७८, १४ : ५५
8 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय व्यवस्थामाथि खेलाची गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । हिजो मात्रै सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै कांगेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको विषयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

देशबासीका नाममा सम्बोधन गर्दै उनले आफ्ना पक्षमा जनादेश हुँदाहुँदै सर्वोच्चले प्रधानमन्त्री बनाउन देउवालाई परामदेश दिएको उल्लेख गरे । सर्वोच्च अदालतले फैसलाका क्रममा उल्लेख गरेका कतिपय शब्दावलीहरु लोकतन्त्रका लागि चिन्ता गर्नु पर्ने विषय भएको उल्लेख गरे । अदातलतले अत्याधिक सक्रियता मार्फत प्रत्येक विषयमा हात हालेर माग दाबी नगरिएका विषयमा समेत फैसला हुँदा समस्या उत्पन्न भएको बताए । राज्यका मूख्य अङ्गहरु बीचको सन्तुलन नै विग्रीएर लोकतन्त्र नै संकटमा पर्ने चिन्ता बढेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाले कसैलाई क्षणिक रुपमा खुसी मिले पनि दिर्घकालमा लोकतन्त्रका लागि चिन्ताको विषय भएको उल्लेख गरे । ताजा जनादेशका लागि जनतामा जाने दलीय प्रणालीको आधारभूत संरचनालाई अदालतको फैसलाले भत्काएको उनको आरोप छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।