ताजा अपडेट »

मृगौला पीडितलाई आर्थिक सहयोग

मंगलबार, २९ असार २०७८, १४ : १५
8 Shares

 बुटवल। लायन्स क्लब अफ बुटवल भृकुटी टाउनले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ। क्लबका अध्यक्ष दीपक कार्कीको अक्ष्यतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ अर्जुनमान सैँजू, डिस्ट्रिक्ट चिफ दीपक श्रेष्ठ, डिस्ट्रिक्ट डेप्युटी चिफ सन्दीप कसौधन,  डिस्ट्रिक्ट मेम्बर कौशलराज गैरे लगायतको सहभागितामा सहयोग गरिएको हो।

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ अर्जुनमान सैँजुले थेरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आवश्यकता अनुसार अझै गर्दै जाने बताए। क्लब अध्यक्ष दीपक कार्कीले पीडितलाई आर्थिक रूपमा केही राहत होस भन्ने मनसायले राहत प्रदान गरेको बताए। कार्यक्रमको संयोजन क्लबका तृतीय उपाध्यक्ष निशा शर्माले गरेकी थिइन भने क्लबका प्रथम उपाध्यक्ष राम प्रसाद गौतमको सञ्चालनमा भएको थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।