११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

साउन १२,
बुटवल । रोट्रायाक्ट क्लब अफ बुटबल डाउन टाउनको १७ औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटबलको अम्रपालि होटलमा भएको कार्यक्रममा वर्ष २०१८/१९ का अध्यक्ष अजित घतानेले वर्ष २०१९/२० अध्यक्ष मधु भट्टराईलाइ पद हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा वर्ष २०१८/१९ का अध्यक्ष अजित घतानेले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबका पदधिकारी, कार्यक्रमका संयोजकहरु, बिभिन्न संघ सस्थाका अध्यक्षहरुलाई प्रसंशा पत्रबाट सम्मान गरेका थिए । पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिकाका प्रमुख शिबराज शुवेदिले सामाजिक क्षेत्रमा रोट्रयाक्टहरुले खेलेको भुमिकालाइ उच्च मुल्याङ्कन गदै यि संस्थाहरुलाइ अझ प्रभावकारि व्याबस्थीत बनाएर अगाडी लैजानु पर्ने बताए । पर्याटकीय क्षेत्रको रुपमा बिस्तार गर्दै सुखि र समृद्धि नगरको रुपमा बिकास गर्दै अगाडी बढेको उनले बताए । जितगढी, रामापिथेकस जस्ता महत्वपूर्ण पर्याटकिय क्षेत्रको रुपमा प्रचार प्रसार गरि प्रर्याटकीय क्षेत्रको रुपमा अगाडी बढाउनका लागि रुपन्देहिमा रहेका रोटरी क्लव रोट्रयाक्ट क्लवहरुलाइ सहयोगका लागि नगरप्रमुख सुवेदीले आग्रह गरे । पद हस्तान्तरण पछि आफनो जिम्वेवारी लिदै क्लवका अध्यक्ष मधु भट्र्टराइले समयको महत्व बुझेर सामाजिक कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । क्लवलाइ समाजिक क्षेत्रमा निरन्तरण अगाडी बढाउने उल्लेख गरे ।


कार्यक्रममा रोटरी डिष्ट्रिकका ए जी इन्द्र सुनावर, गोपाल न्यौपाने, नेकपाका नेता गोपाल राना रोटरी क्लव बुटबल डाउन टाउनका अध्यक्ष लुल्सी घिमिरे मदन भण्डारी स्पोर्टसका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्य, क्लबका पुर्ब अध्यक्ष राजिव गौतम, गणेश चन्द्र पोख्रेल, सस्थापक सद्स्य तिलक सुन्दर कार्की लगायतले बोलेका थिए । नेपाल पर्यटन बर्ष २०२० लाई प्रर्वधन गर्ने गरि नेपालका महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरुको तस्बिर सहित जानकारी समावेस गरिएको सन्देशमुलक क्लब डाइरेक्टरि र क्लबका पदाधिकारी तथा सदस्यहरुको लागि ड्रेसको रुपमा टीसर्ट समेत बिमोचन गरिएको छ । कार्यक्रम क्लबका इलेक्ट प्रेसिडेन्ट लक्ष्मण पन्थीको स्वागत मन्तव्य अध्यक्ष द्वोय अजित घताने र मधु भट्टराइको अध्यक्षयता सचिव द्वोय डिल्लीराज ढकाल र सौरभ भुषाल को सन्चालनमासम्पन्न भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने, वरिष्ठ उपाध्यक्ष पद पाउने