ताजा अपडेट »

मन्त्रिमण्डल गठनबारे देउवाले पाैडेल र सिटौलासँग छलफल गर्दै

मंगलबार, २९ असार २०७८, १३ : ५६
8 Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल र नेता कृष्णप्रसाद सिटाैलासँग छलफल गर्दैछन्। नयाँ मन्त्रिमण्डलमा कांग्रेसबाट मन्त्री हुनेहरूको नाम टुंगो लगाउन  देउवाले  पौडेल र सिटौलासँग छलफल गर्न लागेका हुन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद सकिएपछि पार्टीका दुई नेतासँग छलफल गर्न लागेको बताइएको छ।

कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिने टुंगो लागिसकेको। अन्य दुई जनाले पनि शपथ लिने बताइएपनि नाम र मन्त्रालय टुंगिन बाँकी रहेको बताइएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई अदालतको फैसलाअनुसार  प्रधानमन्त्री नियुक्त गरिसकेकी छन्। तर, शपथको समय भने तय भएको छैन। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।