July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

देउवा-प्रचण्डबीच भेटवार्ता

105

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुई नेताबीच केही समयअघि सिंहदरबारमा भेट भएको हो । भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको बताइएको छ । यसअघि पेरिसडाँडामा बसेको माओवादी केन्द्रको बैठकले देउवासँग छलफल गरेर मात्रै मन्त्रीबारे टुंगो लगाउने निर्णय गरेको थियो । त्यसको जिम्मेवारी प्रचण्डलाई दिइएको थियो । 

पछिल्लो अपडेट