११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

बेइजिङ । कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप अभियानमा चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोप कोभोक्स कार्यक्रममा सम्लग्न हुने भएका छन् । चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोपले कोभिड–१९ खोप कार्यान्वयन योजना (कोभाक्स)सँग छुट्टा–छुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेका सिनोफार्मका एक उच्च अधिकारीले बताएका छन् ।

उक्त सन्धि अनुसार विकासोन्मुख देशमा कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रणका लागि यी दुई कम्पनीले जुलाइदेखि कोभाक्सलाई खोपको आपूर्ति गर्न थालेका छन् । जसले हाल विकासोन्मुख देशमा खोपको अभाव अवस्थालाई कम पार्न र खोपको निष्पक्ष वितरण गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको कोभ्याक्स खोप अभियानको मुख्य सहयोगी संस्था गाभीले बताएको छ ।

कोभ्याक्स कार्यक्रममा हालसम्म अस्ट्राजेनेका, मोडेर्ना, फाइजर, जोनसन एण्ड जोनसनलगायत विश्वका ११ खोपकम्पनी जोडिएका छन् । सहमतिले डेल्टा भेरिएन्टजस्ता कोभिडका नयाँ रूपले विश्व स्वास्थ्य प्रणालीमा सिर्जना गरेको जोखिमलाई नियन्त्रण गर्न सहयोगी भूमिका निर्बाह गर्नेछ । चीनमा निर्मित दुई खोप सिनोफार्म र सिनोभ्याक्सले तत्कालै एक करोड १० लाख खोप कोभ्याक्स खोप अभियानलाई दिनेछन् भने यसलाई बिस्तारै थप गर्दै जाने सहमति पनि भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

किमले पुनः सार्वजनिक गरे छोरीसँगको तस्वीर, उत्तराधिकारी बनाउने तयारी ? तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान इरानमा पक्राउ परेका र्‍यापरको परिवार जोखिममा इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा