ताजा अपडेट »

भिरबाट लडेर एकजनाको मृत्यु

आइतबार, १२ साउन २०७६, १२ : ३८
4 Shares

साउन १२,
गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका ७ निवासी ५० वर्षिय गोपाल सुनार को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले जाकारी दिए । शनिवार पसलमा समान किन्न गएका सुनार बेपत्ता भएका थिए ।
उनको आइतवार बिहान सोहि स्थानकै लाटिगैराको भिरबाट लडेर मृत अबस्थामा सव फेला परेको प्रहरीले जनाएको छ । सवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।