ताजा अपडेट »

रोटरीले हिलपार्कमा सेड निर्माण गर्ने

मंगलबार, २९ असार २०७८, ११ : ४०
6 Shares

बुटवल।रोटरी क्लव अफ बुटवलले बुटवलले बुटवलको हिलपार्कमा सेड निर्माण गर्ने भएको छ। क्लवका वर्ष २०२०/२१ का अध्यक्ष सुनिल श्रेष्ठको अगुवाईमा हिलपार्कमा सेडा निर्माणका लागि सोमबार शिलान्यास गरिएको हो। सेडको शिलान्यास गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०÷२१ का गभर्नर राजीव पोखरेलले पूर्वाधारको क्षेत्रमा पनि रोटरीले काम गरिरहेको बताए।

हिलपार्क क्षेत्र पर्यटकीय दृष्टिले उपयुक्त रहेको र यहाँ वनभोज लगायत विभिन्न कार्यक्रम गर्नका लागि सेड आवश्यक पर्ने भएकाले रोटरीले यस्ता काममा अग्रसरता लिनु सह्रानीय रहेको उनको भनाइ छ।रोटरी क्लव अफ बुटवलका वर्ष २०२०/२१ का अध्यक्ष सुनिल श्रेष्ठले शिलान्यास गरिएको सेडको निर्माण छिटै नै सम्पन्न गरिने विश्वास दिलाएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।