ताजा अपडेट »

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने

मंगलबार, २९ असार २०७८, ११ : ३७
2 Shares

काठमाडौं । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले  दिउँसो २ बजे सम्बोधन गर्न लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।२०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि ओली बालुवाटार बसाइँ सरेका थिए । 

राष्ट्रपति विद्या भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर मंगलवार साँझ शपथ गराउने तयारी गरेकी छिन् । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुन: स्थापना गर्दै देउवालाई आज ५ बजेभित्र प्रधानमन्त्रीको शपथ ग्रहण गराउन आदेश दिएको थियाे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।