ताजा अपडेट »

२६ वर्षपछि वेस्ट इन्डिजले अष्ट्रेलियालाई जित्यो

मंगलबार, २९ असार २०७८, १० : ५२

एजेन्सी । वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।सेन्ट लुसियामा मंगलबार भएको तेस्रो टी-ट्वान्टीमा अष्ट्रेलियामाथि ६ विकेटको जित निकाल्दै  घरेलु टोली वेस्ट इन्डिजले दुई खेल अगाबै सिरिज ३-० ले जितेको हो ।

अष्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य वेस्ट इन्डिजले १४ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।वेस्ट इन्डिजको जितमा क्रिस गेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यससँगै गेलले टी-ट्वान्टी क्रिकेटमा १४ हजार रन पूरा गरेका छन् । यस्तै, कप्तान निकोलस पुरनले अविजित ३२ रन जोड्दा लेन्डल सिमोन्सले १५ रन बनाए । अष्ट्रेलियाका रिले मेरेडिथले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३३ रन जोड्दा कप्रण आरोन फिन्चले ३० रन बनाए । एस्टन टर्नरले २४ र म्याथ्यु वेडले २३ रन बनाए ।  वेस्ट इन्डिजका ह्येडेन वाल्सले २ विकेट लिए ।

यससँगै वेस्ट इन्डिजले २६ वर्षपछि वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको सिरिज जित्न सफल भएको छ । सन् १९९५ को मार्चपछि अष्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजले कुनैपनि फर्म्याटको सिरिज जित्न सकेको थिएन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।