ताजा अपडेट »

आजदेखि भेरोसेल र अमेरिकाले दिएको खोप लगाइने

मंगलबार, २९ असार २०७८, ०७ : ५४
2 Shares

काठमाडौं । सरकारले आज मंगलबारदेखि खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ७७ वटै जिल्लामा आजदेखि खोप अभियान सुरु गरिने भएको हो ।

विभागका अनुसार अमेरिकाले दिएको जन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने छ । ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूलाई सो खोेप दिइने विभागले जनाएको छ ।

यस्तै, चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई दिइने भएको छ । साथै, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिक आदिले दिइनेछ ।

उमेर खुल्ने परिचयपत्र, सम्बन्धित संघ संस्था, विदेश जान लागेकालाई पासपोर्ट तथा भिसाका आधारमा खोप दिइने विभागले जनाएको छ ।

नेपाल सरकारले चिनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो । त्यस्तै आइतबार मात्रे अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।