ताजा अपडेट »

तिनाउमा पहिरो,बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

सोमबार, २८ असार २०७८, २१ : ३३
12 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा पहिरो झर्दा सडक अवरुद्ध बनेको छ । सोमबार राति करिब ९ बजे पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । पाल्पाको तिनाउ गाउँपालिका डुम्रे नजिक पहिरोसँगै ठूला ढुङ्गो खस्दा सडक अवरुद्ध भएको सोही सडकमा रोकिएका एक यात्रीले बताए । रातिमा पहिरो गएको हुँदा अवरुद्ध सो सडक आजै खुल्न नसक्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय ,बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।