ताजा अपडेट »

संसद् पुर्नस्थापनाको खुशीयालीमा बुटवलमा दीप प्रज्वलन

सोमबार, २८ असार २०७८, २१ : ०२
1 Shares

बुटवल । सर्वोच्च अदालतद्वारा संसद पुर्नस्थापनाको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ । अदालतले ओलीको निरङ्कुशतालाई परास्त गरेको भन्दै बुटवलमा विपक्ष दलहरूले दीप प्रज्वलन गरेका हुन् । बुटवलको ट्राफिक चोकमा जम्मा भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पाटी, राष्ट्रिय जनमोर्चा, राप्रपा नताहरूले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्वलन गरेका छन् ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य कुलप्रसाद केसीले प्रतिगमनको परास्त भएको बताउँदै पाँच वर्षसम्म गठबन्धन मिलेर जाने बताए । त्यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरीले सर्वोच्च अदालतको निर्णयले संविधान र प्रजातन्त्रको रक्षा गरेको बताए ।

जसपा लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पोखरेलले केपी ओलीको प्रतिगमनले सर्वोच्चबाट परास्त गरेको भन्दै अब केही हदसम्म संविधानको रक्षा भएको बताए ।

https://www.globalaawaj.com/archives/120543
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।