ताजा अपडेट »

रुपन्देहीका ५ दलले भने-सर्वोच्चले संविधान र राष्ट्रको गरिमालाई उचो राख्यो

सोमबार, २८ असार २०७८, १८ : २२
2 Shares

बुटवल । रुपन्देहीका बिपक्षी ५ राजनीतिक दलहरुले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनस्थापनको स्वागत गरेका छन् । सोमबार गठबन्धनमा रहेको नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक, माओवादी केन्द्र अध्यक्ष नर्मिल जसिी, नेकपा एमालेका अध्यक्ष राजु गुरुङ, जनता समाजवादी पार्टि अध्यक्ष राम अवतार यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले संयुक्त बिज्ञप्ती निकाल्दै अदालतको उक्त फैसलाको स्वागत गरेका हुन्।

बिज्ञप्तीमा भनिएको छ- सर्वोच्च अदालतको यस निर्णयले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको हाम्रो ठहर छ । एउटा स्वइच्छाचारी कदम, निरङकुश शैली, अहंकारी कदम जो संविधान विपरित थियो । यसलाई रोक्ने कार्यले नेपाली जनताको शान्ति, समृद्धि र राजनितिक निकासको चाहना पुरा भएको छ ।कसैको डर धम्कीबाट विचलित नभई दुधको दुध पानीको पानी छुट्याउने अदालतको कदमले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ । यो न्यायप्रेमी आम नेपाली जनताको जीत हो ।

यो एतिहासिक फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको छ । पटकपटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थितिमा अदालतको आदेशलाई इतिहासले सम्मान गरिराख्ने छ ।नागरिक सर्वोच्चता, संविधानको रक्षाको लागि संयुक्त गठबन्धनबाट भएका आन्दोलनको कार्यक्रममा सक्रिय सहभागी जनाउनुहुने राजनैतिक दलहरु, सबै कानून व्यवसायीहरु, भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र पत्रकार जगत सञ्चारमाध्यम एवम् स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी दाजुभाईलाई बधाई ज्ञापन गर्दछौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।