ताजा अपडेट »

अदालतको फैसला पछि बुटवलमा विरोध प्रदर्शन

सोमबार, २८ असार २०७८, १७ : २४
6 Shares

बुटवल । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय वदरको विरोधमा बुटवलमा विरोध प्रदर्शन भएको छ । नेकपा एमालेको युवा संघले ‘गैर संवैधानिक परमादेश खारेज गर’भन्दै विरोध प्रदर्शन गरेको हो ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गरे पछि विपक्षी गठबन्धनमा रहेका ५ दलले समर्थन र सरकार पक्षले असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री ओली गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरी शेर बहादुर देउवालाई २८ घण्टाभित्रमा प्रधानमन्त्रीमा नियुक्ति गर्न पमादेश जारी गरेको छ । अदालतको यो निर्णयको विरोधमा एमालेको युवा संघले आन्दोलन गर्ने बताएको छ ।

यस्तै अदालतको फैसलको समर्थन गर्दै विपक्षी गठबन्धनले बुटवलमा साँझ ७ बजे दिप प्रज्वलन गर्ने तयारी गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।