ताजा अपडेट »

तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिगको तयारी सुरु

आइतबार, १२ साउन २०७६, ०८ : ५१
8 Shares


साउन १२,
ग्लोबल आवाज
तिलोत्तमा । तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग असोज २५ गतेदेखि हुने भएको छ ।आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी बारे जानकारी गराएको छ । प्रदेश ५ स्तरीय प्रतियोगिताको पुरस्कार राशी समेत रु एक लाख वृद्धि गरिएको प्रतियोगिता संयोजक दिपक भुर्तेलले जानकारी गराए । प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैया, उपविजेता टिमले नगद २ लाखसहित शिल्ड, मेडल, प्रमाणपत्र तथा म्यान अफ दी सिरिजले नगद २० हजार प्राप्त गर्ने उनले बताए ।

त्यसैगरी बेष्ट ब्याट्सम्यान, बेष्ट बलरलाई नगद १० हजार शिल्ड, इमर्जिङ प्लेयरलाई नगद ५ हजार, शिल्ड तथा हरेक प्रतियोगितामा भ्यालुयवर प्लेयर र पचास रन बनाउने खेलाडीलाई नगद १ हजार, शिल्डबाट पुरस्कृत गरिने उनले बताए । त्यस्तै एक टिमलाई टिम फेयर प्ले अवार्ड घोषित गरी नगद ४० हजार तथा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित गर्दै नगद एक हजार ५ सयबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिता आयोजनाका लागि कुल २५ लाख खर्च हुने आयोजकले बताएका । पत्रकार सम्मेलनमा रुपन्देही जिल्ला क्रिकेट समितिका अध्यक्ष प्रशान्त विक्रम मल्लले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । प्रतियोगिता गतबर्ष जस्तै नवजिवन युवा क्लबको खेल मैदान तिलोत्तमा नगरपालिका वडा नम्बर ६, दश नम्बरमा आयोजना गरिने आयोजकले जानकारि दिए । तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षतामा सम्पन्न् पत्रकार सम्मेलनको संचालन सचिव राजेन्द्र केसिले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।