ताजा अपडेट »

अमेरिकाबाट प्राप्त खोप : ५५–६० वर्ष समूहका प्राथमिकतामा

सोमबार, २८ असार २०७८, १६ : ५८
2 Shares

काठमाडाैं। पछिल्ला दिनमा नेपालमा चीन र अमेरिकाबाट खाेप आउने क्रम सुरू भएसँगै आम मानिसमा आफूले खाेप पाउने नपाउने बारे जिज्ञासा छ ।कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई दिने भनेको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप सोमबार नेपाल आइपुगेको छ । एक डोज मात्र लगाए पुग्ने सो खोप १५ लाख मानिसले लगाउन पाउने छन् । त्यस्तै चीनबाट पनि कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई दिने भनेको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप सोमबार नेपाल आइपुगेको छ ।

एक डोज मात्र लगाए पुग्ने सो खोप १५ लाख मानिसले लगाउन पाउनेछन् । यी सबै खोप ५५ देखि ६० वर्ष उमेर समूहको लागि दिन सकिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परीवार कल्याण महाशाखाका प्रमुख डा.तारानाथ पोखरेलले बताएका छन।खोपका लागि धेरैको आवेदन परेको भए पनि पहिले उमेर समूहमा नै जाने उनले भने। “हामो खोप वितरण निर्देशिका छ त्यसको आधारमा नै हामीले खोप वितरण गर्ने छौँ ”उनले भने ।ज्येष्ठ नागरिकबाट क्रमशः अरु उमेर समुहमा प्रवेश गरिरहेकाले अहिले ५५ देखि ६० वर्ष उमेर समूहको लागि खोप दिन सकिने डा= पोखरेलले बताए। “ हामी ज्येष्ठ नागरिकहरुबाट क्रमशः तल्लो उमेर समूहमा आउँदै छौँ त्यसकारण ६० वर्ष उमेर समूहका छुटेकाहरूलाई समेटेर ५५ देखि ६५ उमेर समूहलाई अहिले खोप दिन सकिन्छ ”उनले भने ।

तत्काल केही निर्णय गर्नुपर्ने भए खोप वितरण निर्देशिका संशाेधन गरेर मात्र खोप वितरण गर्न सकिनेमा उनको जोड छ । पछिल्लो समय बैदेशिक रोजगारमा जानेहरुले आफूहरुले खोप पाउनुपर्ने बताइरहेका छन् भने शिक्षक, चलचित्रकर्मीहरुले पनि खोपको माग गरिरहेका छन्।पछिल्लो समय नेपालमा कोरोना विरुद्धको खोप आउने क्रम बढेसँगै यसको भण्डारणको लागि पनि क्षमता बढाइएको डा. पोखरेलको भनाइ छ । अहिले नेपालमा केन्द्र र प्रदेशमा गरी ५० लाख डोज खोप भण्डारण गर्न सक्ने क्षमता रहेको उनको दाबी छ ।पछिल्लो समय चीनबाट आयातित खोप पनि सिधै प्रदेशहरुमा वितरण गरिएको थियो । आज मात्र आएको जोनसन एण्ड जोनसन खोप पनि प्राथमिकता हेरेर धेरै मात्रामा प्रदेशमै पठाउने उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।